Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एकैपटक २० डीएसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए

एकैपटक २० डीएसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एक वर्ष कार्यकाल पूरा गरेका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेका हुन् ।

जसमध्ये केही जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन् । जिल्ला फेरिएकाहरूमा भोजपुर, सल्यान, अछाम र बझाङ छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ । यसरी नै कास्की बैदाममा नवराज भट्टराईको काज सरुवा भएको छ ।

उनीहरूसहित २० जना डीएसपीको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077