Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एमाले पोलिटब्युरो बैठक आज बस्दै

एमाले पोलिटब्युरो बैठक आज बस्दै

शुक्रवार , श्रावण २, २०८२

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक दिउसो १ बजे बस्न लागेको हो । बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।

विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077