Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

तीन वर्षपछि प्रचण्डको पिएसओ फेरिए, डीएसपी सुवेदीलाई जिम्मेवारी

तीन वर्षपछि प्रचण्डको पिएसओ फेरिए, डीएसपी सुवेदीलाई जिम्मेवारी

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थामा फेरबदल गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रचण्डको नयाँ पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) का रूपमा डीएसपी दिपक सुवेदीलाई जिम्मेवारी दिएको हो ।

डीएसपी सुवेदी यसअघि नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कार्यरत थिए । यसअघि प्रचण्डको पिएसओको रूपमा कार्यरत डीएसपी सिद्धराज न्यौपानेलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको छ।

उनी २०७९ साल साउनमा पिएसओका रूपमा खटिएका थिए र झण्डै तीन वर्षसम्म उक्त जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077