Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बाल सुधारगृहमा बालकैदीमाथि ठगी : चौकीदारले धम्क्याएर असुले १० लाख, परे प्रहरीको फन्दामा

बाल सुधारगृहमा बालकैदीमाथि ठगी : चौकीदारले धम्क्याएर असुले १० लाख, परे प्रहरीको फन्दामा

शुक्रवार , श्रावण २, २०८२

पर्सा । पर्सा जिल्लाको बाल सुधारगृहमा चौकीदारको रूपमा कार्यरत व्यक्तिले बाल कैदीबन्दीहरूमाथि धम्की र दबाब प्रयोग गर्दै १० लाख रुपैयाँभन्दा बढी रकम असुलेको खुलासा भएको छ । यस अभियोगमा चौकीदार प्रमानन्द गुप्ता प्रहरीको फन्दामा परेका छन् ।

सिरहा लहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्ता लागू औषध सम्बन्धी कसुरमा कैद भुक्तान गरी छुट्ने क्रममा थिए । तर, सुधारगृहमा रहेका १० जना बाल कैदीबन्दीहरूले छुट्ने दिनमै गुप्ताविरुद्ध गम्भीर आरोप लगाएका थिए ।

बाल कैदीहरूले सुधारगृह प्रशासन तथा सुरक्षामा खटिएका प्रहरीलाई गुप्ताले नगद र इसेवा मार्फत पटक–पटक गरी १० लाख १५ हजार रुपैयाँ असुलेको जानकारी गराएका थिए ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, प्रारम्भिक अनुसन्धानमै गुप्ताले बालबालिकालाई मानसिक दबाब दिई आर्थिक लाभ लिएको पुष्टि भएको छ ।

प्रहरीले गुप्तालाई नियन्त्रणमा लिई वीरगन्ज जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ अन्तर्गत अनुसन्धानका लागि तीन दिनको म्याद थप अनुमति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077