Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

छात्रालाई ‘मेरी जानु’ भन्दै पठाएको सन्देशले शिक्षकको जागिर गुम्यो, पुगे प्रहरी हिरासतमा

छात्रालाई ‘मेरी जानु’ भन्दै पठाएको सन्देशले शिक्षकको जागिर गुम्यो, पुगे प्रहरी हिरासतमा

शुक्रवार , श्रावण २, २०८२

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ स्थित श्री माध्यामिक विद्यालयका शिक्षक रविन्द्र प्रसाद साहलाई एक छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति, स्थानीय वडा कार्यालय, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरूको सहभागितामा वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा बसेको बैठकले साहलाई विद्यालयबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

साहले १६ वर्षीया छात्रालाई “ह्यापी बर्थडे मेरी जानु” भनी मोबाइलमार्फत सन्देश पठाएपछि विद्यार्थी, अभिभावक र स्थानीय समाज आक्रोशित बनेका थिए ।

शिक्षक साहले विगत एक वर्षदेखि यौन मनसायले छात्रालाई आपत्तिजनक सन्देश पठाउँदै आएको अभिभावकको उजुरीपछि उक्त घटना सार्वजनिक भएको हो ।

आइतबार उक्त सन्देश सार्वजनिक भएपछि विद्यार्थीहरूले आक्रोश पोख्दै विद्यालयमा तोडफोड र कुटपिट गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।

घटनापछि साहलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, शिक्षकविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077