झापा । झापाका एसपी राजन लिम्बुमाथि लागूऔषध कारोबार जस्तो गम्भीर अपराधमा संलग्न एमाले कार्यकर्तालाई जोगाउन खोजेको आरोप लागेको छ ।
फार्मेसीको आवरणमा लागूऔषध कारोबार गर्दै आएका बिर्तामोडका भानु खरेललाई जोगाउन प्रहरी नै लागेको स्रोत बताउँछ ।
उनका कामदार बिनोद घिमिरेलाई बिहीबार प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरिसकेको छ।
तर, खरेललाई भने रहस्यमय रुपमा भगाइएको छ । जबकी बिहीबार खरेल फार्मेसीमै थिए। यसमा ठूलो चलखेल रहेको स्रोत बताउँछ ।
खरेलले बिर्तामोडमा सनलाइन फर्मा चलाउँदै आएका छन्। त्यसमार्फत उनले लागूऔषधको ठूलो कारोबार गर्दछन् ।
ठूलो मात्रामा लागुऔषध बरामद भएपछि प्रहरीले शुक्रबार पत्रकार सम्मेलन नै गरेर लागूऔषध सार्वजनिक गरेको छ। खरेललाई पक्राउ नै नगरी यसरी सार्वजनिक गर्नुले पनि प्रहरीमाथि प्रश्न उठेको छ।
झापाका एसपी लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ हुन्। यसअघि उनको चितवन सरुवा भएकोमा त्यहाँ कमाई कम भएको भन्दै चितवनबाट झापा सरुवा हानेका हुन्। त्यसबेला नै उनीमाथि प्रश्न उठेको थियो।