Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ ।

यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानका अनुसार, उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सहयोग गरेको हो ।

शिविरमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह र विवेककुमार यादव छन् ।

त्यसैगरी रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन् ।

अन्य खेलाडीले नेपालमै नियमित प्रशिक्षण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077