Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेत पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेत पक्राउ

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । कर्णाली विकास बैंकमा भएको चार अर्ब ९० करोड रुपैयाँको ठूला अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेतलाई काठमाडौंको टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

अनुगमन अधिकृतको रूपमा काम गरेका बस्नेतमाथि बैंकको वित्तीय अवस्था ठीक रहेको भ्रामक प्रतिवेदन तयार पारेको आरोप लागेको छ ।

बैंक गम्भीर आर्थिक संकटमा फसेको बेला यस्तो अनुगमन गरिएको र वास्तविक मौज्दात तथा कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रकमबीच ठूलो अन्तर देखिएकोले यो घोटाला बाहिर आएको हो ।

आन्तरिक छानबिन समितिको प्रतिवेदनले नक्कली ब्यालेन्स सर्टिफिकेट बनाएर वर्षौंसम्म अनियमितता लुकाइएको खुलासा गरेपछि सीआईबीले थप अनुसन्धान थालेको थियो ।

यसअघि अनुगमनमा संलग्न कर्मचारीहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको थियो । प्रहरीले यस प्रकरणमा संलग्न अन्य प्रमुख व्यक्तिहरूको खोजीमा पनि तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077