काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले वामदेव गौतममा माधवकुमार नेपालको आनन्द अर्थ न बर्थको टिप्पणी गरेका छन् ।
शुक्रबार नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका थिए । एकता घोषणा सभामा वामदेव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अंकमाल गरेका थिए ।
सोही तस्बिरलाई लिएर नेता थापाले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गर्दै अंकमाललाई अर्थ न बर्थका हुन् । उनले वामवदेव र माधवको अंकमाललाई 'लगनपछिको पोते'को संज्ञा दिँदै टिप्पणी गरे ।
थापाले वामदेवमा माधवकुमारको आनन्द अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल पनि भनेका छन् । उनले लेखेका छन्, ‘वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल ! ऊर्जा बेगरको अभिनय, २०५४ सालमा यो मतिले काम गरेको भए ? अनि, निःसर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए ? लगनपछिको पोते !’