अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीको बिदाइ भएको छ ।
प्रहरी प्रधान कार्यालयले असार ३२ गते डीएसपी भण्डारीको काज सरुवा गरेको थियो । सोही अनुसार उनलाई शुक्रबार अछामबाट बिदाइ गरिएको हो ।
उनलाई जिप्रकामा कार्यरत प्रहरी कर्मचारीहरुले मायाको चिनो प्रदान गर्दै नयाँ कार्यक्षेत्रमा कार्यकाल, व्यक्तिगत र व्यवसायीक, जिवन सफल समृद्धिको लागि शुभकामना व्यक्त गरेका थिए ।
उनको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएको छ । डीएसपी भण्डारीले गत वर्षको असार महिनामा अछाम प्रहरीको जिम्मेवारी सम्हालेका थिए ।
उनले शुक्रबार आफ्नो एक वर्षे प्रगति कार्य विवरण पनि सार्वजनिक गरेका थिए । अब उनको स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल आउने भएका छन् ।