Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

लमजुङ कारागारको पर्खाल भत्कियो, १०९ जना कैदी र थुनुवा स्थानान्तरण

लमजुङ कारागारको पर्खाल भत्कियो, १०९ जना कैदी र थुनुवा स्थानान्तरण

शनिवार , श्रावण ३, २०८२

लमजुङ । बेंसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि १०९ जना कैदी र थुनुवा तनहुँको दमौली र कास्कीको पोखरा स्थानान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार बुधबार परेको भारी वर्षाले कारागारको पश्चिमपट्टि रहेको पर्खाल भत्किएपछि सुरक्षाको कारण स्थानान्तरण गरिएको हो ।

तीमध्ये ६ महिला सहित ३१ जना दमौली र ७८ जना पोखरा पठाइएका छन् । सशस्त्र प्रहरीको स्कर्टिङमा चारवटा बस र एउटा माइक्रोबसमार्फत उनीहरूलाई स्थानान्तरण गरिएको थियो । उनका अनुसार कारागार मर्मत नभएसम्म उनीहरू पोखरा र दमौलीमै बस्नेछन् ।

वि.सं. २०२८ मा बनेको यो कारागार ३५ जनाको क्षमता भए पनि हाल १०८ जना राखिएको थियो । जीर्ण संरचनाले थप जोखिम बढेपछि स्थानान्तरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077