Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकपमा पदक जित्ने लक्ष्यका साथ महिला कबड्डी टोली भारत प्रस्थान

विश्वकपमा पदक जित्ने लक्ष्यका साथ महिला कबड्डी टोली भारत प्रस्थान

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । कबड्डी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टोली थप प्रशिक्षण र अभ्यास खेलका लागि भारत प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरू हात पारिरहेको नेपाली महिला कबड्डी टोलीशनिबार भारतको हरियाणा प्रस्थान गरेको हो ।

यस पटक विश्वकपमा पनि पदक जित्ने लक्ष्यका साथ १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारतको हरियाणा प्रस्थान गरेको हो ।

नेपाली टोलीको कप्तानमा मानमति विष्ट छन् भने जयन्ती बडु उपकप्तान छन् ।

महिला कबड्डी विश्वकपको दोस्रो संस्करण अगष्ट ३ देखि १० सम्म हैदरवादको गोचिबोली इन्डोर स्टेडियममा आयोजना हुँदैछ ।

विश्वकप खेल्नुअघि नेपाली महिला कबड्डी टोलीले हरियानास्थित मोरमाजरामा १२ दिनको तयारी गर्नेछ ।

त्यहाँ रहँदा नेपालले बन्द प्रशिक्षणमा तयारी गर्नुका साथै ५ अभ्यास खेल पनि खेल्ने तालिका छ ।

महिला कबड्डी विश्वकपमा १४ टोलीको सहभागिता हुनेछ । आयोजक भारतसहित अर्जेन्टिना, बंगलादेश, चाइनिज ताइपेई, जर्मनी, नेदरल्याण्ड्स, इरान, जापान, केन्या, नेपाल, पोल्याण्ड, थाइल्याण्ड, युगान्डा, जान्जिबारले विश्वकप खेल्नेछन् ।

महिला कबड्डीमा पहिलो विश्वकप भएको १३ वर्षपछि दोस्रो संस्करण हुन लागेको हो । सन् २०१२ मा पहिलो संस्करण भारतकै पटनामा भएको थियो ।

पहिलो संस्करण भारतले जितेको थियो भने इरान, जापान, थाइल्याण्ड क्रमश दोस्रो देखि चौथोसम्म भएको थियो ।

पहिलो पटक महिला कबड्डी विश्वकप खेल्न लागेको नेपालले पदक जित्ने लक्ष्य लिएको छ । पछिल्लो समय नेपाली महिला कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको सफलताले पनि विश्वकपमा पनि सफलता प्राप्त हुने कप्तान मानमती विष्टले बताएकी छन् ।

को–को छन् नेपाली टोलीमा
मानमति विष्ट (कप्तान), जयन्ती बडु (उपकप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री, सन्जु थामी

मुख्य प्रशिक्षक : विष्णुदत्त भट्ट
सहायक प्रशिक्षक : हरिना थापा
व्यवस्थापक : शरद दर्शनधारी
निर्णायक : रमेशचन्द्र ओझा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077