काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत भुटानसँगको दोस्रो खेलमा नेपालले ८-० को जित दर्ता गरेको छ।
ढाकास्थित वसुन्धरा किङ्स एरियाको अभ्यास मैदानमा भएको खेलमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक पुरा गरे।
पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले १/१ गोल गरे ।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको नेपालले तेस्रो र चौथो खेलमा श्रीलङ्कालाई लगातार ७-० गोलले पराजित गरेको थियो।
नेपालले लिगको अन्तिम खेल घरेलु टोली बंगलादेशसँग सोमबार खेल्नेछ।