Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–४, सुकेधारामा बस्दै आएकी इलामको सन्दकपुर गाउँपालिका–२, माईमाजुवाकी ५० वर्षीया तेजुमाया गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

०७९ साउन १७ गते उच्च अदालत पाटनको फैसलाबाट उक्त मुद्दामा तीन लाख ५० हजार रुपैयाँ जरिवाना, तीन दिन कैद र क्षतिपूर्तिबापत १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरुङ फरार रहेकी थिइन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077