Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध अघि बढाउने संकल्प गर्‍यो : शंकर पोखरेल

पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध अघि बढाउने संकल्प गर्‍यो : शंकर पोखरेल

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शनिबार सकिएको पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको बताएका हुन् ।

‘आजको बैठकले पार्टीलाई एकताबद्ध अघि बढाउने सङ्कल्प गरेको छ,’ बैठकपछि उनले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘दुई दिनसम्म चलेको एमालेको पोलिटब्यूरोको बैठकले सचिवालयवाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकार गरेको छ। अब उक्त प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ ।

आजको बैठकले पार्टीमा भएको ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी पटक नेतृत्व गर्न नपाउने व्यवस्था हटाइएको छ, जुन प्रावधान सचिवालय र पोलिटब्यूरोले क्रमशः हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077