Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पहिरोले खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध

पहिरोले खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध

आइतवार , श्रावण ४, २०८२

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट-घुर्मीखण्ड अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि परेको वर्षाका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ बसेरी नजिकै सडक माथिबाट पहिरो र लेदो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकमाथिको कुलोबाट पहिरो र लेदो खस्दा आइतबार बिहान २ बजेबाट सडक पुर्णरूपमा अवरुद्ध भएको सिन्धुली प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको बताइएको छ ।

वर्षात्का कारण राजमार्गको विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077