Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युक्रेनमाथि रुसले गर्‍यो भीषण ड्रोन आक्रमण

युक्रेनमाथि रुसले गर्‍यो भीषण ड्रोन आक्रमण

आइतवार , श्रावण ४, २०८२

एजेन्सी । रुसले युक्रेनमाथि ३०० भन्दा बढी ड्रोन प्रहार गरेको छ । शनिबार बिहान युक्रेनमाथि रुसले ड्रोन आक्रमण गरेको हो । रुसले ३० भन्दा बढी क्रुज मिसाइल प्रहार गरेको बताइएको छ ।

यो आक्रमणमा युक्रेनको कालासागरतटीय सहर ओडेसामा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई शान्ति प्रयासका निम्ति गम्भीर धक्का भनेका छन् । आक्रमणमा ओडेसामा २० भन्दा बढी ड्रोन र एउटा मिसाइल प्रयोग गरिएको उनले जनाएका छन् ।

आक्रमणका कारण एक अग्लो भवनमा आगलागी भएको र त्यहाँबाट पाँचजनाको उद्धार गरिएको ओडेसाका मेयर हेन्नादी त्वरुखानोभले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077