काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक प्याट्रिक डी वाइल्डले पदबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार वाइल्डले गत शनिबार इमेलमार्फत राजीनामा दिएका हुन् ।
वाइल्डको नेतृत्वमा नेपाली महिला टोलीले तीन खेल खेलेको थियो । जसमध्ये नेपालले दुईमा जित र एकमा हार बेहोरेको थियो ।
नेपाली महिला टोलीले वाइल्डलाई पहिलोपटक प्रो लाइसेन्स प्रशिक्षकका रूपमा पाएको थियो । तर, उनले उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटपछि एन्फाविरुद्ध असन्तुष्टि जनाएका थिए ।
उनी टोलीको कप्तान परिवर्तन विवादमा पनि तानिएका थिए । एन्फाले वाइल्डलाई गत जेठ २२ गते एक वर्षका लागि मुख्यप्रशिक्षण नियुक्त गरेको थियो ।