Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गुडिरहेको भारतीय कारमाथि ढुंगा खस्दा ३ जना गम्भीर घाइते

गुडिरहेको भारतीय कारमाथि ढुंगा खस्दा ३ जना गम्भीर घाइते

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

उक्त सडकखण्डको तुईन खोला पुल नजिकै गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।

उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

उनीहरूलाई अहिले उपचारका लागि अस्पताल पठाइएको पनि प्रहरीले जनाएको छ ।

उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077