Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सरकारी कार्यालय र बैंकहरुको छाप बनाएर किर्ते गरेको आरोपमा सफराज पक्राउ

सरकारी कार्यालय र बैंकहरुको छाप बनाएर किर्ते गरेको आरोपमा सफराज पक्राउ

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । सरकारी कार्यालय र बैंकहरुको छापलगायतका विवरण बनाएर किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं– १० बस्ने झापा धरमपुरका ५२ वर्षीय सफराज खड्‌कालाई काठमाडौं–४ महाराजगंजबाट पक्राउ गरेको हो । उनले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरु बनाउने गरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा खड्‌काले विगत २ वर्षदेखी आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, मालपोत, नापि, नगरपालिका, वडा, प्रहरी, कर कार्यालय, काठमाडौं जिल्ला अदालत तथा राजनीतिक दलहरुको समेत नक्कली छाप, लेटर प्याड तथा बैंकिङ कारोवारको विवरण र नक्कली रबर स्ट्याम्पसमेत तयार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको कोठाबाट टियू, सिटिइभिटी, एचएसइबी र इनइबीको होलोग्राम, विभिन्न सरकारी कार्यालय र जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाको रवर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सिपियु १ थान, स्क्यानर १ थान, रबर स्ट्याम्प बनाउने मेसिन १ थान र मोबाईल १ थान बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077