Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालले लगातार दोस्रो वर्ष जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

नेपालले लगातार दोस्रो वर्ष जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट अवार्ड जितेको छ ।

नेपालले आईसीसी डेभलपमेन्ट अवार्डअन्तर्गत सन् २०२४ को ‘आईसीसी डिजिटल फ्यान इंगेजमेन्ट अवार्ड’ जितेको हो ।

यसअघि, सन् २०२३ मा पनि यो अवार्ड नेपालले नै जितेको थियो ।
.
सिंगापुरमा भएको आईसीसीको वार्षिक साधारणसभामा नेपालको तर्फबाट क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्का र सचिव पारस खड्काले अवार्ड ग्रहण गरेका हुन् ।

आईसीसीका अध्यक्ष जय साहले क्यानका प्रतिनिधिलाई अवार्ड प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077