Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सिरहा कारागारमा दोहोरो झडप : १३ कैदी घाइते, सुरक्षा व्यवस्था कडा

सिरहा कारागारमा दोहोरो झडप : १३ कैदी घाइते, सुरक्षा व्यवस्था कडा

आइतवार , श्रावण ४, २०८२

सिरहा । सिरहा जिल्ला सदरमुकामस्थित कारागारमा आइतबार अपरान्ह दोहोरो झडप हुँदा १३ जना कैदीबन्दी घाइते भएका छन् ।

साढे ३ बजेतिर कैदीबन्दीहरूबीच हात हालाहाल र ढुंगामुढासमेतको अवस्था सिर्जना भएको हो । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । हाल अवस्था सामान्य भएकाृ उनले बताए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र कारागार प्रशासनको संयुक्त टोली परिचालन गरिएको छ। प्रारम्भिक छानबिनका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी) तहको टोली खटिएको र झडपको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

सिरहा कारागारमा क्षमताभन्दा करिब साढे तीन गुणा बढी कैदीबन्दी राखिएको छ । यो भीडभाडकै बीच शनिबार बिहान जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रहरीले सर्च अपरेशन सञ्चालन गरेको थियो ।

सो क्रममा कैदीबन्दीका कोठा-कोठामा खोजतलास गरिँदा अवैध कारोबार र अनुशासनहीन गतिविधिका संकेत फेला परेको आशंका गरिएको थियो।

सर्च अपरेशनको भोलिपल्टै दोहोरो झडप भएकोले घटनालाई सोही कारबाहीको असर मानिएको छ । यद्यपि, घटनाको वास्तविक कारणबारे खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077