Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मधेसका पूर्वप्रदेश प्रमुख अहिराज काठमाडौंबाट पक्राउ

मधेसका पूर्वप्रदेश प्रमुख अहिराज काठमाडौंबाट पक्राउ

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौं प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीमाथि बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको छ।

उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो ।

प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077