Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रुपन्देही–३ उपनिर्वाचन : असोज २१ गते उम्मेदवारी दर्ता, २४ गते चुनाव चिह्न प्रदान

रुपन्देही–३ उपनिर्वाचन : असोज २१ गते उम्मेदवारी दर्ता, २४ गते चुनाव चिह्न प्रदान

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

स्वीकृत कार्यक्रम अनुसार असोज २१ गते बिहान १० देखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। यस्तै सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ३ देखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने आयोगले जनाएको छ।

यस्तै असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता अर्यालले जानकारी दिइन्।

आयोगका असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ। यस्तै सोही दिन दिउँसो १ देखि ५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

आयोगका अनुसार निर्वाचन कार्यक्रम कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077