Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका प्रमुख हवाई अड्डा बन्द

युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका प्रमुख हवाई अड्डा बन्द

सोमवार , श्रावण ५, २०८२

एजेन्सी । युक्रेनको ड्रोन आक्रमणका कारण रूसले मस्कोका प्रमुख हवाई अड्डाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

हवाई अड्डाहरू बन्द हुँदा कम्तीमा १४० उडानहरू रद्द गरिएको हो ।

शनिबार बिहानदेखि रूसमाथि २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका र जसमध्ये २७ वटा राजधानी मस्कोमाथि खसालिएका रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

मस्कोका चार प्रमुख हवाई अड्डाहरूको काम रोकिएको रूसको उड्डयन निगरानी एजेन्सीले बताएको छ ।

१३० भन्दा बढी उडानहरूलाई अन्य स्थानहरूमा डाइभर्ट गरिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077