Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाढी-पहिरोका कारण देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध [सूचीसहित]

बाढी-पहिरोका कारण देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध [सूचीसहित]

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ ।

यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी,काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड,बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर,बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग,नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077