Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

११ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

११ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाल प्रहरीको ११ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।

सिफारिस हुने एसपीहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन्।

बढुवा सूची अनुसार तुलबहादुर कार्की पहिलो नम्बरमा छन् । बढुवा सिफारिसमा यसपटक पनि एसपी बिमल बस्नेत र रामप्रकाश शाह छुटेका छन्।

बस्नेत पहिलो नम्बरमा भए पनि ५ वर्ष बढुवा रोक्काको कारबाहीमा परेका थिए। साह र बस्नेत राष्ट्रिय अनुसन्धान विभागको टोलिबाट आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077