काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको १३ जना इन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १३ जनालाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।
सिफारिस हुनेहरुमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् ।
