Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सस्तोमा सेयर खरिद गरी झुक्याएर महंगोमा बेच्ने सेयर दलाल दीपेन्द्र अग्रवाल २२ करोड ठगी आरोपमा पक्राउ

सस्तोमा सेयर खरिद गरी झुक्याएर महंगोमा बेच्ने सेयर दलाल दीपेन्द्र अग्रवाल २२ करोड ठगी आरोपमा पक्राउ

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । सेयर दलालका रुपमा परिचित दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर प्रमुख विश्व अधिकारीका अनुसार ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको हो ।

२२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए ।

उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

अग्रवाल पटक–पटक विवादमा आइरहने सेयर लगानीकर्ता हुन् । उनीमाथि सेयर बजारमा चलखेल गर्ने गरेको आरोप लाग्दै आउको छ ।

अग्रवालले सेयर किन्न सर्वसाधारणलाई उस्काउने र बढेपछि आफूले किनेको सेयर बेचेर बाहिरिने गर्दै आएका छन् ।

१५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउँदै आएका उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पुर्‍याएपछि उनले सेयर बिक्री गर्थे ।

अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र आफ्नै खाता प्रयोग गरी सर्वसाधरणलाई झुक्याएर महँगोमा बिक्री गर्ने गर्दै आएका थिए ।

त्यतिमात्रै होइन अग्रवालल आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे ।

सेयर बजारमा अग्रवालाई विश्वास गर्नेको संख्या धेरै नै भएकाले उनले विश्वासघात गर्दै आएका थिए । उनको आश्वासनमा फसेर जब लगानीकर्ताले सेयर खरिद गर्न थाल्थे तब, सेयरको मूल्य बढ्थ्यो । त्यसपछि अग्रवालले आफ्नो विभिन्न खाता प्रयोग गरी महंगोमा सेयर बिक्री गर्थे ।

यसअघि, अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०)बीच पनि विवाद देखिएको थियो ।

सिप्ला सेक्युरिटिजले २०८१ असोजमा अग्रवालले १६ करोड रुपैयाँ नदिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा समेत उजुरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077