काठमाडौं । कांग्रेस नेता एवं सरकारका उपप्रधानन्त्री प्रकाशमान सिंहले पार्टीका पूर्व पदाधिकारीहरूलाई घारमै बोलाएका छन् ।
सिंह निवास चाक्सीबारीमा सात पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको हो । नेता सिंहले संयोजन गरेर दिउँसो २ बजे बस्ने गरी बोलाएको बताइएको छ ।
पूर्व पदाधिकारीहरुको महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी छलफलमा जुटेका नेताहरुको विगतकै निरन्तरका रुपमा सोमबार बैठक आह्वान जनाइएको छ ।
पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा प्रकाशशरण महतले यसअघि पनि छलफलमा गर्दै आएका छन् ।
सात नेताले सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारको बारेमा आज थप छलफल हुने पनि बताइएको छ ।