Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विद्याजीसँग खुलस्त कुराकानी भयो, कुनै मतभेद छैन : अध्यक्ष ओली

विद्याजीसँग खुलस्त कुराकानी भयो, कुनै मतभेद छैन : अध्यक्ष ओली

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो कुनै मतभेद नरहेको बताएका छन् ।

आइतबार भएको आफ्नो भेटबारे आज सुरु भएको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै ओलीले यस्तो बताएका हुन् ।

'भेटका क्रममा सबै कुराहरू खुलस्त भएका छन्। अहिले नेपालको राष्ट्रिय राजनीति कसरी विकास भइरहेको छ, एमाले कसरी निशाना बनिरहेको छ, एमालेलाई विभाजन गर्ने तत्त्वहरू कसरी सलबलाइरहेका छन् भन्नेदेखि लिएर सरकारले गरिरहेको कामहरू, त्यसपछि आएर विधान महाधिवेशनको तयारीका सम्बन्धमा उहाँहरूले एक अर्कामा अत्यन्त खुलस्त ढङ्गले छलफल गर्नुभएको हो। हाम्रा बीचमा धेरै मतभेद केही छैन भन्ने कुराहरू राख्नुभएको छ,' अध्यक्ष ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

गौतमले भण्डारीको सदस्यताबारे केन्द्रीय समितिले निर्णय गर्ने पनि ओलीले जानकारी गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077