Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

होटेलको छतबाट खसालेर हत्या गरेको आरोपमा जुली पक्राउ

होटेलको छतबाट खसालेर हत्या गरेको आरोपमा जुली पक्राउ

सोमवार , श्रावण ५, २०८२

जनकपुरधाम । जनकपुरधामस्थित होटेलबाट युवकलाई खसालेर हत्या गरेको आरोपमा महोत्तरीकी २१ वर्षीया जुली झा पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्तरीको पर्सा गाउँपालिका– १ का ३२ वर्षीय विमलेश यादवको हत्या अभियोगमा झालाई सार्वजनिक गरेको हो ।

शनिबार राति जिरोमाइलस्थित होटेलमा यादवलाई चक्कु प्रहार गरी घाइते बनाई एक तलाबाट खसालिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार विवाहित यादव र जुलीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो ।

पछिल्लो समय ब्ल्याकमेलिङ र आर्थिक लेनदेनका कारण विवाद चुलिँदै हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । झा केही वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका– ४ डेरा गरी स्नातकमा अध्ययन गर्दै आएकी थिइन् ।

घटनाको सिसिटिभी फुटेज र प्रत्यक्ष प्रमाणका आधारमा झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077