Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला

गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले गठबन्धनको भावना अनुसार काम गर्नुपर्ने बताएका छन्।

सोमबार चाक्सीबारीमा सात नेताहरूको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताए ।

'हाम्रो मान्यता के छ भने यो गठबन्धनको सरकार हो, नेपाली कांग्रेस र एमालेको । गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ,' उनले भने।

सिटौलाले गठबन्धन ०८४ सम्म नै जाने बताए । 'यो गठबन्धनचाहिँ ०८४ को निर्वाचनसम्म नै जान्छ, जाने गरी त्यो विश्वासको आधारमा सरकारले अझै राम्रो गरी काम गरोस् भन्ने हाम्रो धारणा छ,' उनले भने।

यस्तै नेपाली कांग्रेसका सात नेताहरूको बैठक पनि सकिएको छ । बैठकमा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077