काठमाडौं । नेपाल प्रहरीका विवादास्पद डिएसपी एसपी बढुवामा सिफारिस भएका छन्। डिएसपी दिपक खड्कालाई एसपी बढुवामा सिफारिस भएको हो।
गत चैत २२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जाँदा उनले अन्तिम इच्छा सोधेका थिए।
त्यससम्बन्धि भिडियो नै सार्वजनिक भएपछि प्रहरी विवादमा परेको थियो। एसपी खड्कामाथि कारबाहीको समेत माग भएको थियो। तर, हाल उनैलाई बढुवा सिफारिस गरिएको छ।
डिएसपी खड्का सोह्रखुट्टे वृत्तमा हुँदा पनि घुसकाण्डमा तानिएका अधिकृत हुन्।
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो।
गृहसचिव गोकर्णमणि दुवाडी आजै भारत भ्रमणमा जाने भएपछि एसएसपी, एसपी र डिएसपीका रिक्त पदमा एकैपटक बढुवा गरिएको हो ।