काठमाडौं । नेपाल प्रहरीमा कार्यसम्पादन र वरिष्ठताको आधारमा २२ जना प्रहरी नायव निरीक्षक (सई) हरु प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा सिफारिसमा परेका छन्।
प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ती सईहरुलाई वरिष्ठ सई पदमा बढुवा गर्न सिफारिस गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम आवश्यक प्रक्रिया पूरा गर्दै बढुवा सिफारिस गरिएको हो।
सिफारिस भएका अधिकृतहरूको नामावली प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरिसकेको छ।