काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टी पुरानो भएकोमा गौरव राख्दै नयाँ कुरालाई सिक्न तयार रहेको बताएका छन् ।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले पुरानो सबै थोत्रो र मूल्यहीन भन्ने समाजमा रहेको जबरजस्त नकारात्मक भाष्यबाट पार्टी निस्कनुपर्ने बताए ।
पुराना कुरालाई जोगाउँदै नयाँ ज्ञानको खोजी गर्नका लागि पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरेको पनि उनको भनाइ छ ।