काठमाडौं । काठमाडौंको सिंहदरबार वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) फेरिएका छन् ।
वृत्तमा डीएसपी वीरेन्द्र थापाको काज सरुवा गरिएको छ ।
थापा एसपी बढुवाका दाबेदार थिए । बढुवामा छुटेपछि उनलाई वृत्तमा खटाइएको हो ।
यसअघि वृत्तमा कार्यरत डीएसपी गंगा पौडेल लामो विदेश तालिममा गएपछि त्यहाँ नयाँ डीएसपी खटाइएको हो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत डीएसपी मोहनराज अधिकारीको जिल्ला प्रहरी परिसर, काठमाडौंमा काज सरुवा भएको छ ।