काठमाडौं । साफ यू- २० महिला च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा नेपाल बंगलादेशसँग फेरि हारेको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलमा खेलमा बंगलादेशले नेपाललाई ४-० गोलले हराउँदै च्याम्पियन बनेको हो ।
घरेलु टोलीका लागि फरवार्ड मोसमत सागोरिका नायक बनिन् । उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई उपाधि जिताइन् ।
यो जितसँगै बंगलादेशले प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो पटक यू-२० महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो । यो हारले नेपाल तेस्रो पटक उपविजेता बनेको छ ।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो ।
चौथो खेलमा पुनः श्रीलंकालाई ७–० ले नै हराएको नेपालले पाँचौँ खेलमा भुटानमाथि ८–० को जित हासिल गरेको थियो ।