Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उच्चस्तरीय वार्ताअघि रुसले कीभमा गर्‍यो ठूलो हवाई आक्रमण

उच्चस्तरीय वार्ताअघि रुसले कीभमा गर्‍यो ठूलो हवाई आक्रमण

मंगलवार , श्रावण ६, २०८२

एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा ठूलो हवाई हमला गरेको छ ।

सोमबार बेलायत र जर्मनीले युक्रेनलाई हतियार प्रदान गर्न नेटो सहयोगीहरूका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाबारे छलफल गर्न बैठक हुनुभन्दा केही घण्टाअघि रुसले किभमा हमला गरेको हो ।

यो आक्रमण हालैका महिनाहरूमा युक्रेनमाथि गरेको सबैभन्दा ठूलो हवाई आक्रमणहरूमध्ये एक भएको दाबी गरिएको छ ।

युक्रेनको राजधानी किभमा भएको ड्रोन र मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको छ । १२ वर्षीय एक बालकसहित १५ जना घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।

मानिसहरूले आश्रय लिएको किभको शेभचेन्किभ्स्की जिल्लामा रहेको एक सबस्टेशनको प्रवेशद्वारमा ड्रोनले आक्रमण गरेको देखिएको छ ।

सबैभन्दा ठूलो आक्रमणले सहरको डार्निट्स्की जिल्ला प्रभावित भएको छ । त्यहाँ एक किन्डरगार्डेन, सुपरमार्केट र गोदाम सुविधाहरूमा आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077