Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

इन्स्पेक्टर चौहान र सई अधिकारी 'सर्वोत्कृष्ट प्रहरी' घोषित

इन्स्पेक्टर चौहान र सई अधिकारी 'सर्वोत्कृष्ट प्रहरी' घोषित

मंगलवार , श्रावण ६, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि दुईजना प्रहरी अधिकृतलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै विशेष सम्मान प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमाना), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारी महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७।६९ ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई कारसहित नियन्त्रणमा लिएका थिए ।

त्यसपछि भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५.८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ गरिनुका साथै, झापा गाउँपालिका–४ स्थित साइकलबाट १६७ ग्राम ब्राउन सुगर बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएका थिए ।

यसैगरी, प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भए ।

त्यस्तै, उनले जन्मकैद सजाय पाएका व्यक्ति समेत समावेश २१ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएका थिए । साथै, लागू औषध दुर्व्यसन नियन्त्रणमा पनि उनको विशेष योगदान रह्यो ।

दुवै अधिकृतले विभागीय आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, निष्ठा र साहसका साथ कर्तव्य पालन गरेका कारण उनीहरूलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077