Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि जारी बैठक आज बिहान ११ बजे पुनः बस्न लागेको हो ।

सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बाँकी सदस्य आज आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077