Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एमाले कांग्रेसको ‘कोर भ्यालु’मा आक्रमण गरिरहेको छ : शेखर कोइराला

एमाले कांग्रेसको ‘कोर भ्यालु’मा आक्रमण गरिरहेको छ : शेखर कोइराला

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेले कांग्रेसका मूल सिद्धान्त र मूल्य–मान्यतामाथि निरन्तर आक्रमण गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

४३ औं बीपी स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको बसुन्धारामा आयोजित विचार गोष्ठीमा बोल्दै उनले संवैधानिक परिषद् विधेयक, भूमि विधेयक र कुलिङ पिरियडसम्बन्धी विषयहरूमा एमालेले कांग्रेसको “कोर भ्यालु” माथि चोट पुर्‍याएको बताएका हुन् ।

ूहामी संवैधानिक परिषदसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पास गर्छौं, राष्ट्रिय सभाले परिमार्जनसहित फिर्ता गर्छ, अनि दुई दिन रोकिन्छ, अन्त्यमा हाम्रो प्रमुख सचेतकले ह्विप जारी गर्नुपर्छ। यस्तो संवेदनशील विधेयकमा ह्विप जारी गर्नु कत्तिको जायज हो ? उनले प्रश्न गरे।

कोइरालाले यस्तो विधेयकमा ह्विप जारी गर्नु कांग्रेसको मूल्य–मान्यताको विपरीत भएको उल्लेख गर्दै भने, ूबिपी कोइराला जीवित भएको भए, उनले यस्तो कुरा कदापि स्वीकार गर्ने थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै कोइरालाले चुनावी प्रणालीको नाममा सबै कुरा स्वीकार गर्ने प्रवृत्तिको आलोचना गरे । “निर्वाचन प्रणाली यस्तो छ, प्रधानमन्त्रीले जे भने पनि मान्नुपर्छ भन्ने सोच बिपीको सोच थिएन,” उनले कटाक्ष गरे।

नेता कोइरालाले भूमि विधेयक संसदबाट चाँडो पास गराउन एमालेले अस्वाभाविक हतार गरिरहेको पनि आरोप लगाए। उनले भने, ूभूमि विधेयक समितिमा छलफल हुने विषय हो, तर एमालेका सांसदहरू छलफलबाट भागिरहेका छन्। किन डराएका छन् ?

साथै, उनले कर्मचारी अवकाश वा राजीनामापछि दुई वर्षसम्म सार्वजनिक पद नपाउने सहमति हुँदाहुँदै राष्ट्रिय सभामा त्यसको विरुद्ध संशोधन ल्याएको एमालेको व्यवहारप्रति पनि आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077