Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

मंगलवार , श्रावण ६, २०८२

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगंगा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ ।

हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार, उनी मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइनेछ । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन् ।

सोमबार बिहान शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुपा बरामद गरेको थियो ।

प्रहरीका अनुसार, पंकज साथीहरूसँग मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए । घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077