Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप, मनोनयन प्रक्रिया स्थगित

सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप, मनोनयन प्रक्रिया स्थगित

मंगलवार , श्रावण ६, २०८२

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको मनोनयन दर्ताका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीबीच झडप भएको छ। मंगलबार भएको झडपका कारण विश्वविद्यालयको निर्वाचन प्रक्रिया प्रभावित भएको छ ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार, गत चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन स्थगित भई आगामी साउन १४ मा तोकिएको थियो ।

सोही निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुगेका विद्यार्थी संगठनहरूबीच विवाद चर्किएर झडपमा परिणत भएको हो।

झडपका क्रममा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनका अनुसार, झडप नियन्त्रणमा आए पनि घटनाले निर्वाचन कार्यतालिका प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077