Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यु-२० महिला फुटबल टोली स्वदेश फर्कियो

यु-२० महिला फुटबल टोली स्वदेश फर्कियो

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।

जुलाई ११ देखि जुलाई २१ सम्म बंगलादेशको ढाकामा भएको प्रतियोगितामा सहभागी नेपाली यु–२० महिला फुटबल टोली मंगलबार दिउँसो काठमाडौँ आइपुगेको हो।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरे ।

बङ्गलादेशमा भएको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाली टोली उपविजेता बनेको थियो ।

हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई ४–० गोलले हराउँदै घरेलु टोली बङ्गलादेश पाँचौं पटक विजेता बनेको थियो । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077