काठमाडौं । अत्यावश्यक काममा बाहेक विपद्मा कर्मचारीहरू बिदामा नबस्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संयन्त्रहरू परिचालन गर्दै विपद्भरि कर्मचारीहरू अत्यावश्यकबाहेक अरू बेला बिदामा नबस्ने गरी निर्णय भएको हो ।
मन्त्रालय/निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी एवम् सामुदायिक संस्थाहरूले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्यहरू गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढङ्गले गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
'लाइफलाइन' सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने गरी निर्णय भएको छ ।