काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताएका छन् ।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताए।
उनले भने, “बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो। त्यसरी नै हामी हिँड्न जरुरी छ।”
बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उनले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको सुनाए ।
उनले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यौँपछि नहट्ने बताए। उनले भने, “राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ।”