Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

फूलचोकी जंगलमा हराएका विद्यार्थीहरू १२ घण्टापछि सकुशल भेटिए

फूलचोकी जंगलमा हराएका विद्यार्थीहरू १२ घण्टापछि सकुशल भेटिए

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो ।

फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर प्रहरीबाट पाएपछि तत्काल उद्धारका लागि फूलचोकी क्षेत्रमा गएको बताए ।

उनका अनुसार खोज्ने क्रममा रातको १२ बजे विद्यार्थीलाई फेला पार्न सफल भइएको थियो । विद्यार्थीलाई जंगलबाट सहज सम्पर्कमा ल्याउन बिहान ५ बजेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077