Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

खुँडा देखाएर आतंक मच्चाउने रास्वपाका नेता लौडारी पक्राउ

खुँडा देखाएर आतंक मच्चाउने रास्वपाका नेता लौडारी पक्राउ

मंगलवार , श्रावण ६, २०८२

तनहुँ । धारिलो हतियार खुँडा देखाएर स्थानीय बासिन्दालाई आतंकित बनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लौडारीले मदिरा सेवन गरी होहल्ला गर्दै स्थानीयलाई ज्यान मार्ने धम्की दिएका थिए । उनले भानु नगरपालिका–१२ का बलराम अधिकारी र भानु नगरपालिका–१३ का अशोक अधिकारीको घरमै पुगेर खुँडा प्रहार गर्ने प्रयाससमेत गरेका थिए ।

पीडित परिवारका अनुसार, उनीहरू राति ढोका थुनेर घरभित्र लुकेर ज्यान जोगाउन सफल भएका थिए । लौडारीले खुँडाले घरमा झटारो हानेको र छिमेकीहरूले गुहार मागेपछि प्रहरीले सूचना पाएको थियो ।

प्रहरी पुगेपछि लौडारी फरार भएका थिए भने केही घण्टापछि भानु नगरपालिका–२ नारेश्वाटारस्थित इलाका प्रहरी कार्यालय भानुले उनलाई पक्राउ गरी हिरासतमा राखेको हो ।

पक्राउ परेका लौडारी हाल काठमाडौंमा बसोबास गर्दै आएका थिए र उनी रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलन अभियानका लागि आफ्नो जन्मगाउँ आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077