Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डोनाल्ड ट्रम्पद्वारा जापानसँगको ‘विशाल’ व्यापार सम्झौताको घोषणा

डोनाल्ड ट्रम्पद्वारा जापानसँगको ‘विशाल’ व्यापार सम्झौताको घोषणा

बुधवार , श्रावण ७, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार जापानसँगको व्यापार सम्झौताको घोषणा गरेका छन् ।

केही हप्ता अघिसम्म सम्भव नदेखिएको यो सम्झौताको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ। ‘हामीले जापानसँग विशाल सम्झौता पूरा गरेका छौँ, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।

‘सम्भवतः इतिहासकै सबैभन्दा ठुलो सम्झौता हो ।’ सम्झौताअनुसार अमेरिकी आयातकर्ताले जापानबाट आयात हुने सामानमा १५ प्रतिशत ‘पारस्परिक’ महसुल तिर्नुपर्नेछ भने जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्ने ट्रम्पले बताएका छन् ।

अमेरिकाले यस सम्झौताबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077